सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टीको निर्णयअनुसार चुनाव लड्छुँ : भीम रावल

२०७९ असोज ८, ०९:३३ खबर संवाददाता

धनगढी: नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता डा. भीम रावलले पार्टीको निर्णयअनुसार चुनाव लड्ने बताएका छन्। नेकपा एमाले अछामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन्।

कार्यकर्ताको माग र पार्टीले निर्णय गरे आफू चुनाव लड्न तयार रहेको उनले बताए। डा. रावलले आफू अहिलेसम्म पार्टीको निर्णयअनुसार नै चुनाव लड्दै आएको पनि बताएका छन्। उनी शुक्रबार कार्यकर्ता भेटघाटका लागि गृह जिल्ला अछाम पुगेका थिए।

२०७४ को निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रावल फेरि पनि मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने चर्चामा छन्। नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि उनको एकल नाम सिफारिस गरिसकेको छ।

कमेन्ट लोड गर्नुस