सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो 

२०७९ असोज ८, ०८:४५ खबर संवाददाता

धनगढी: बझाङमा बिहीबार मृत भेटिएका एक पुरुषको पहिचान खुलेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–७ स्थित पानीकाफल सामुदायिक वनमा मृत भेटिएका ती पुरुष काभ्रेपलाञ्चोकका सानु कान्छा तामाङका भएको प्रहरीले बताएको छ।

बझाङका विभिन्न होटेलमा काम गरिरहेका आफन्तसँग फोन सम्पर्कका आधारमा भदौ २६ गते काभ्रेपलाञ्चोकबाट आएका उनी २७ गते चैनपुर पुगेर राति आफ्ना आफन्त कुमार तामाङसँग बसेका थिए। उनी चैनपुर पुगेकै दिन उनकी श्रीमतीको मृत्यु भएको र उनी मदिरा सेवन गरेर २७ गते मध्यराति चैनपुरबाटै बेपत्ता भएका बताइएको छ। मदिराका कारण घर जाने बाटो बिराएर पानीकाफल वनमा जाँदा उनको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
 

कमेन्ट लोड गर्नुस