सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकट नपाउनेहरु शान्त भएर बस्नोस्, सबैलाई पुग्दैन पालो आउँछः गृहमन्त्री

२०७९ असोज ८, ०३:२१ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले पार्टी ठूलो र नेता धेरै भएकाले सबै आकाङ्क्षीलाई टिकट सम्भव नभएकाले पार्टी निर्णयलाई मानेर पालो पर्खन आग्रह गरेका छन्। शनिवार गृह जिल्ला रुपन्देहीमा आयोजित कार्यक्रममा उनले टिकट पाउने जित्न र नपाउने जिताउने गरी निर्वाचनमा खटिन आग्रह गरेका हुन्।

निर्वाचनमा सबै उम्मेदवार बन्न सम्भव नरहेकाले राजनीतिक व्यक्तिले बुद्धको जीवनीबाट सिकेर शान्त बस्नुपर्ने बताउँदै उनले भने– अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्नेछ। गौतम बुद्धको जस्तै भावना लिएर अगाडि बढे राजनीतिमा एक दिन सफलता मिल्ने उनको दाबी छ।

खाँडले आकाङ्क्षीहरू धेरै भएकाले सबै उम्मेदवार बन्न नसक्ने असम्भव हुने भन्दै टिकट पाएका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे। मन्त्री खाँणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने तर्क गरे।

कमेन्ट लोड गर्नुस