सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाबुरामजी र म मिलेर अर्को जनयुद्ध गर्छौंः प्रचण्ड 

२०७९ असोज ८, ०१:४१ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताएका छन्। काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै त्यो जनयुद्धमा डा बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्ने बताए।

‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं। सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो,’ उनले भने,‘अहिले फेरी समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौं।’

पहिलेको जनयुद्धका लागि बाबुराम र आफूले ठूलै छलफल गरेको अध्यक्ष प्रचण्डले बताए। ‘कोटेश्वर र बाबुराम जीको घरमा ठूलै छलफल गथ्र्यौ। हामीले ठूलो कमिटमेन्ट गरेका थियौं। धेरै त्यो असम्भव कुरा हो पनि भने, त्यतिखेरका ठूला पार्टीले ३ महिनामै सकिन्छन् पनि भने, हाम्रो कमिटमेन्ट धेरै ठूलो थियो,’ उनले भने।

अहिले फेरि बाबुराम र आफूले फेरि २५ वर्षअघिको अवस्थालाई सोच्दै नयाँ जनयुद्धमा जाने निष्कर्ष निकालेको उनले बताए। जुन पुरानो खालको नहुने पनि प्रचण्डले प्रष्ट्याए। उनले भने, ‘समाजवादका लागि नयाँ जनयुद्ध पुरानो खालको होइन, त्यो किसिमको सम्भव पनि छैन्। त्यो गर्ने समीक्षा गरेका छौं।’

अहिले चुनावमा मिलेर मात्रै जाने निर्णय भएपनि चुनावको कुरा खास्सै महत्वपूर्ण नरहेको पनि अध्यक्ष प्रचण्डको भनाई छ। बाबुराम र आफूले हरेक दशकमा एउटा–एउटा काम गरेको पनि अध्यक्ष प्रचण्डले बताए।

कमेन्ट लोड गर्नुस