सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार महासंघले राष्ट्रपतिविरुद्ध वक्तव्यबाजी गरेर गल्ती गर्‍योः प्रेस चौतारी

२०७९ असोज ७, ०६:२४ खबर संवाददाता

काठमाडौंः नेकपा एमाले निकट प्रेस चौतारी नेपालले पत्रकार महासंघ केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी गरिएको विज्ञप्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक विधेयक प्रमाणीकरण नगरेको विषयमा महासंघले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको चौतारीले राष्टपतिविरुद्ध समेत बक्तव्यवाजी गरेर गम्भीर गल्ती गरेको बताएको छ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी प्रेस विज्ञप्तीप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ शुक्रबार चौतारीका महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार महासंघ जस्तो साझा संस्थाले आफनो मूल उद्देश्य नै बिर्सिएर सत्तारुढ गठबन्धनको भ्रातृ संगठनका रुपमा सम्माननीय राष्टपतिविरुद्ध समेत बक्तव्यवाजी गरेर गम्भीर गल्ती गरेको प्रेस चौतारी नेपालको ठहर छ।’

कमेन्ट लोड गर्नुस