सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘प्रचण्ड’ सकियोस् भनेर मान्छेहरु रातदिन धुप हालिरहेका छन्ः प्रचण्ड  

२०७९ असोज ७, ०२:०९ खबर संवाददाता

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान उल्ट्याउन पटकपटक जमर्को भइरहेको भन्दै अहिले पनि परिवर्न पक्षधर र विरोधीबीचमा पेचिलो संघर्ष चलिरहेको बताएका छन्। पार्टीनिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लोपटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले त्यो देखाएको दाबी गरे।

प्रचण्डले प्रतिगमन शक्तिहरू सबै एक भएर लागिरहेको दाबी पनि गरे। आफूमाथि निरन्तर प्रहार भइरहेको भन्दै उनले भने, ‘माओवादीविरुद्ध सामाजिक सञ्जालमा भ्रम छर्ने काम प्रष्ट देखिरहेको छ। एकथरि मान्छे बसेर रातदिन धुप हालिरहेका छन् प्रचण्ड सकियोस् भनेर। जसले परिवर्तनको नेतृत्व गर्‍यो त्यसैमाथि किन प्रहार भइरहेको छ ? काल्पनिक र कपोकल्पित आरोप लगाइन्छ। अस्ति म भारत जाँदा थाहा पाइहाल्नुभो भेट्दै नभेटेका मान्छे भेट्यो यति बुँदे सम्झौता गरियो भनेर लगातार कुप्रचार गर्ने गरिएको छ।’


 

कमेन्ट लोड गर्नुस