सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका दुई स्थानमा नागरिक सहागता कक्ष स्थापना 

२०७९ असोज ६, ०८:२८ खबर संवाददाता

धनगढी: कञ्चनपुरका दुई स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका-५ स्थित गुलरिया बजार र शुक्लाफाँटा नगरपालिका-१० स्थित झलारी बजारमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको हो।

नजिकिँदै गरेको बडा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको आवतजावत एवं सवारी चाप बढ्दै जाने र टिकट काउण्टरमा हुने भिडभाड, बढी भाडा लिने, यात्रु ठगिने जस्ता कार्य हुने हुँदा सोको नियन्त्रणका लागि सहायता कक्ष स्थापना गरिएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस