सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार 

२०७९ असोज ६, ०४:४८ खबर संवाददाता

धनगढी: विवेकशील साझा पार्टीले प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ। पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका नेता परियारलाई विधानको भाग १२ को दफा ७२ (४)६ र ७२ (४) ७ बमोजिम प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समीक्षा बास्कोटाले बताइन्। 

को हुन् प्रवक्ता परियार ?

परियार विवेकशील साझा पार्टीका संस्थापक नेता मध्येका एक हुन्। पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख हुन्। उनी सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा समेत कृयाशील छन्।

एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका परियारले आमसंचारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिएका छन्। उनी  परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता पनि हुन्।

सामाजिक रूपान्तरण र समृद्धिका लागि असल मानिसहरू राजनीतिमा नहोमिए सम्म मुलुकको मुहार फेर्न नसकिने मान्यता राख्ने परियारले भ्रष्टाचार विरोधी, इमानदार र मिलनसार युवा नेताको छवि बनाएका छन्। नेता परियार सुनसरी ईटहरीका स्थायी वासिन्दा हुन्।

कमेन्ट लोड गर्नुस