सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक पुरुष मृत फेला

२०७९ असोज ६, ०१:३० खबर संवाददाता

धनगढी: बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका-७ स्थित पानीकाफल सामुदायिक वनको भीरमा शव फेला परेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शवको पहिचान भने खुलेको छैन। अन्दाजी ४५ वर्षीय पुरुष मृत भेटिएका हुन्। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। 
 
 

कमेन्ट लोड गर्नुस