सुदूर नेपाललाई विश्वसँग जोड्दै

जङ्गलमा दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या

२०७९ असोज ६, ०८:२७ खबर संवाददाता

नाइजरः नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन्।

‘टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका छन्,’ आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा बोंगाले एएफपीलाई बताए।

यो सहर लेक चाडको तल्लो क्षेत्र नजिकै डिफामा अवस्थित छ। यो एक क्षेत्र क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा एकाकार हुने क्षेत्र हो। बोको हराम र यसको प्रतिद्वन्द्वी ‘इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्स’ ले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन्।

हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए।-एएफपी

कमेन्ट लोड गर्नुस