सुदूर नेपाललाई विश्वसँग जोड्दै

५१ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिए दार्चुलाका प्रदेशसभा सदस्य बोहरा

२०७५ फाल्गुन २५, ०१:५५ जनक विष्ट

दार्चुलाबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा ५१ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएका छन्। वि.स २०२४ सालमा दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा जन्मिएका बोहरा आज दार्चुलाकै ३० वर्षीया  सुनिता तिङकरीसँग वैवाहिक बन्धनमा बाँधिएका हुन्।

सौका समुदायमा जन्मिएका प्रदेशसभा सदस्य बोहरा र तिङ्करीको आज कञ्चनपुरको भीमदत्त नगरपालिकाको तिलाचौरमा रहेको विष्णु मन्दिरमा हिन्दु परम्परा अनुसार विवाह भएको हो। दुवैजनाको पारिवारिक सल्लाह अनुसार विवाह भएको हो।  स्व.रायमल बोहरा र विरामदेवी बोहराको कान्छो पुत्रका रुपमा २०२४ सालमा जन्मिएका बोहराका दुई दाजु र दुई बहिनी छन्।

२०७० सालदेखी सक्रिय राजनीतिमा आएका बोहरा दार्चुलाको क बाट नेकपाका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। तत्कालीन नेकपा एमालेका जिल्ला कमिटि सदस्य समेत रहेका बोहराले दार्चुला सदरमुकाम खलङ्गामा रहेको तत्कालीन  महेन्द्र हाइ स्कुलबाट एसएलसी र मानविकी संकायमा १२ कक्षा सम्म अध्ययन गरेका थिए।

 

दार्चुलामा सामाजिक अभियान्ताको रुपमा परिचित बोहराले करिब २० वर्ष सम्म विद्युत प्राधिकरणमा समेत जागिर गरेका थिए। बोहराले दार्चुला उद्योग वाणिज्य संघको उपाध्यक्ष  भएर समेत काम गरिसकेका छन्। यस्तै उनीसँग वैवाहिक जीवनमा बाँधिएकी सुनिता तिङ्करीले पनि दार्चुलाबाटै एसएलसी सम्मको अध्ययन गरेकी छन्। उनी दार्चुलामै व्यापार गर्दै आएको बोहराको परिवारले जनाएको छ। 

 

  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस