सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका बाढीपहिरो पीडितलाई कर्मचारीले एक दिनको तलब दिने

२०७९ असोज ५, ०४:४४ खबर संवाददाता

धनगढी: अछामका बाडपहिरो पीडितलाई जिल्लाका सबै सरकारी कार्यालयमा कार्यरत कर्मचारीले एक दिनको तलब दिने भएका छन्। बुधबार बसेको जिल्लास्थित कार्यालय प्रमुखको बैठकले उक्त निर्णय गरेको हो।

निर्णयअनुसार सुरक्षा निकाय बाहेकका सम्पूर्ण सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुको न्यूनतम तलब स्केलको एक दिन बराबरको तलब सम्बन्धित कार्यालयले जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्नेछन्। उक्त जम्मा गरिएको रकम गत भाद्र ३१ गते राति घटेको विपद्को घटनाका पीडितहरुलाई हस्तान्तरण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। 

कमेन्ट लोड गर्नुस