सुदूर नेपाललाई विश्वसँग जोड्दै

उडानकै क्रममा पाइलटको मृत्यु 

२०७९ असोज ५, ०२:०३

काठमाडौं: रुसको नोभोकुज्नेत्स्कबाट सेन्ट पिटर्सबर्ग गइरहेको बोइङ विमानका पाइलटको उडानकै क्रममा मृत्यु भएको छ। उनको ककपिटमै मृत्यु भएपछि कोपाइलटले ओम्स्क विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए। पाइलटको निधन के कारणले भएको भनी खुलाइएको छैन।

रुसी समाचार वेबसाइटले दिएको समाचारअनुसार, एम्बुलेन्स टोली विमान अवतरण गर्नुभन्दा १० मिनेटअघि विमानस्थल पुगेको थियो।  घटना आइतवार बेलुकी ७ः४० मा भएको हो। उडानका क्रममा पाइलटको स्वास्थ्य बिग्रेको थियो।

कमेन्ट लोड गर्नुस