सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिटामोल अभाव 

२०७९ असोज ५, ०७:३८ खबर संवाददाता

काठमाडौँ: बजारमा सिटामोलको चरम अभाव भएपछि दुखाइ कम गर्न बिरामीहरू ब्रुफिनलगायतका औषधि सेवन गर्न बाध्य भएका छन्।

डेंगी संक्रमण तीव्र बनेसँगै साताअघिदेखि सिटामोलको अभाव देखिएको हो। राजधानीका अधिकांश औषधि पसलले ग्राहकलाई सिटामोल नभएको भन्दै फर्काउन थालेका छन्। सिटामोल चरम अभाव हुनुका पछाडि डेंगी संक्रमण र आपूर्ति सहज नहुनुलाई प्रमुख कारण ठानिएको छ। 

उपत्यकामा मात्रै डेंगीका बिरामी १० हजार नाघिसकेका छन्। 

कमेन्ट लोड गर्नुस