पहिरोले केआई सिंह राजमार्ग अवरुद्ध
२०७९ असोज ५, ०७:२५
धनगढीः पहिरोले केआई सिंह राजमार्ग पनि अवरुद्ध भएको छ। मंगलबारदेखि डडेल्धुरा दिपायल जोड्ने केआई सिंह राजमार्ग अवरुद्ध भएको हो।
राजमार्गको रडुवा खोलामा सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। पहिरो सफा गर्ने काम भइरहेको र केही समयमा सडक सञ्चालनमा आउने प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस