सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य बढ्यो

२०७९ असोज ४, ११:२६ खबर संवाददाता

काठमाडौँः नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा चार सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कमेन्ट लोड गर्नुस