डडेल्धुराको दुर्गास्थान आधारभुत विद्यालयको ५५औं वार्षिकउत्सव
डडेल्धुरा: डडेल्धुराको दुर्गास्थान आधारभुत विद्यालयको ५५औं वार्षिकउत्सव सम्पन्न भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका–३ गुनपालमा रहेको जिल्लाकै प्रथम सरसफाई(३ स्टार) को उपमा पाएको सो विद्यालयले सोमबार विभिन्न कार्यक्रम गरि वार्षिकउत्सव मनाएको हो।
कार्यक्रम अन्र्तगत रिले दौड, चम्चा दौड, हिसाब दौड, लङजम्प, म्यूजिकल चेयर, तातो आलुका साथै अन्तर विद्यालयस्तरीय हाजिरीजबाफ प्रतियोगिता भएका थिए। कार्यक्रममा प्रधानाध्यापक तिर्थराज पनेरुले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए। कार्यक्रमका विशिष्ठ अतिथि रहेका गाउँपालिका अध्यक्ष उमेश भटट्ले शिक्षा क्षेत्रमा विद्यालय हकहितको लागि काम गर्ने प्रतिवद्धता जनाएका थिए। उनले विद्यालयको काम प्रति आफू सन्तुष्ट रहेको बताएका थिए।
कार्यक्रममा अध्यक्ष भट्टसहित गाउँपालिका उपाध्यक्ष बसन्ती पाल, निमित्त प्रशासकिय अधिकृत लालबहादुर सेठी, प्रधानाध्यापक तिर्थराज पनेरु र विद्यालय व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष भरतबहादुर मल्ल अतिथि रहेका थिए।