सातौं संविधान दिवस [कविता]

-गेहेन्द्र बम
संविधान तिमी अक्षरमा सबैको घर घरमा,
चुलो चौकामा आएकाछौ,
सबैको स्वास्थ्यमा आएकाछौ,
सबैका शिक्षामा, अनि विभेद
रहित समाजमा आएकाछौं,
सुखि नेपाली समृद्ध नेपालको नाममा आएकाछौ ।।
तर संविधान तिमी अक्षरमा मात्रै आएर के गर्नु
शासकहरुले तिमीलाई बिच बाटोबाट
नै अपहरण गर्छन्,
तिम्रो घाटी निमोट्छन्, तिमी गरिव,
विपन्न, असाहयकोमा आउन खोज्छौ
बाटो नै अवरुद्ध गर्छन् ।।
खै शासकको बुद्धि फेरिएको भए
सात वर्षमा नेपालले काचुली फेरिसक्थ्यो,
विकासमा फड्को मारी सक्थ्यो,
केबल हाम्रा चाहना
कुरामा मात्रै सिमित भए ।।
यदी अक्षर र गफले मात्रै बिकास हुने भएको भए,
शायद हामी विश्वको शक्तिशाली
सम्पन्न देश बनि सक्थ्यौ होला
अब अक्षर होइन अक्षरस संविधानको
पालना होस् .....
शुभकामना सातौं संविधान दिवसको



