ताइवानमा शक्तिशाली भूकम्प
काठमाडौँ: ताइवानमा शक्तिशाली भूकम्प गएको छ। दक्षिण पूर्वी ताइवानको चिसाङमा केन्द्रबिन्दु भएर ६।९ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
भूकम्पपछि ताइवानको साथै जापानको मियाको आइल्याण्डमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।
दक्षिण पूर्वी शहरमा ठूला ठूला भवन भत्किएका तस्वीरहरु सार्वजनिक भएका छन्। ताइवानका उद्धारकर्ताले घाइतेहरुलाई खोजी तथा उद्धारको काम जारी राखेका छन्।
त्यहाँ ६.९ म्याग्निच्युटको भूकम्प जानुअघि र त्यसपछि पनि ससाना भूकम्प गइरहेका छन्। -एजेन्सी