सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा पहिरोः ज्यान गुमाउनेमध्ये १४ बालबालिका

२०७९ असोज २, ०५:०० खबर संवाददाता

धनगढीः गत शुक्रबार राति आएको पहिरोमा परी अछाममा १४ जना बालबालिकाले ज्यान गुमाएका छन्। योसहित पहिरोमा ज्यान गुमाउनेको संख्या २३ पुगेको छ। 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले पहिरोमा परी १४ जना बालबालिकाहरुले ज्यान गुमाएको पुष्टि गरेको हो। परिषदले आइतबार एक विज्ञप्ति जारी गर्दै अछामको विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी १४ बालबालिकासहित २३ जनाले ज्यान गुमाएको भन्दै दुस्ख व्यक्त गरेको छ।

राष्ट्रिय बाल अधिकार परिषद्ले  घाइतेको उद्दार तथा उपचारमा जुट्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। साथै परिषदले विपद्को समयमा बालबालिकाको संरक्षणमा विशेष ध्यान दिन सबैमा अपिल समेत गरेको छ।

कमेन्ट लोड गर्नुस