थप ६३ जनामा कोरोना संक्रमण पुष्टि
२०७९ असोज १, ०९:२९
काठमाडौँ: पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी ३ हजार ७४० जनाको नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै १३१ जना निको भएका छन्। नेपालमा कोरोना सङ्क्रमितको सख्या १ हजार ९६६ जनामा झरेको छ।
कमेन्ट लोड गर्नुस