सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराबाट २१ वर्षीया गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

२०७९ असोज १, ०२:४२ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराकी २१ वर्षीया गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ३ की २१ वर्षीया राधा ऐरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

उनलाई उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। उनका अनुसार जोगबुढा अस्पतालले अन्यत्र रेफर गरेपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पुगाइएको हो।
 

कमेन्ट लोड गर्नुस