जलस्तर बढेपछि शारदा ब्यारेजमा आवागमनमा रोक
२०७९ असोज १, १०:०४
धनगढीः अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ। जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा आवागमन रोक लगाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले नदीमा पानीको सतह बढेर एक लाख ६४ हजार क्युसेक पुगेको प्रहरीले बताएको छ।
पानीको सतहले खतराको चिन्ह्र नाघेपछि भारतीय पक्षले शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको हो।
कमेन्ट लोड गर्नुस