सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा पहिरोः ४ जनाको मृत्यु, १२ वेपत्ता

२०७९ असोज १, ०९:३५ खबर संवाददाता

धनगढीः लगातारको वर्षापछिको पहिरोमा पुरिएर अछाममा चारजनाको मृत्यु भएको छ। १२ जना वेपत्ता छन्।

जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी ४ भन्दा बढी घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।

पहिरोले पुरिएको ४ वटा शव निकालिएको अछाममा प्रहरीले बताएको छ। यहाँ अन्य तीन जना वेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ। तुर्माखाँद गाउँपालिका ५ मा पनि पहिरोमा परी ७ जना वेपत्ता भएको प्रहरीले बताएको छ। 
क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस