अछाममा पहिरोमा परि २ जनाको मृत्यु, मानविय क्षति धेरै भएको छः प्रशासन
धनगढीः अछाममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिकामा ४ भन्दा बढी घर पहिरोले पुरिदाँ २ जनाको मृत्यु भएको हो।
अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले अविरल वर्षापछि आएको पहिराले घर पुरिएर वेपत्ता भएका मध्ये २ जनाको शव भेटिएको बताएका छन्। ७ जना अझै वेपत्ता रहेका छन्। यस्तै अन्य ठाउँमा पनि मानविय क्षती भएको र विविरण भने नआएको उनले बताए।