अछाममा पहिरोले दुई घर पुरिए, ९ जना वेपत्ता
२०७९ असोज १, ०८:४६
धनगढी: अछाममा घरमाथीबाट आएको पहिरोमा परि ९ जना वेपत्ता भएका छन्। जिल्लाको तुर्माखाद गाउँपालिका ५ काँडामा पहिरोले दुई घर पुरिदा ९ जना वेपत्ता भएका हुन्।
प्रहरीका अनुसार अन्य स्थानमा पनि पहिरोले क्षती गरेको खबर आएको भएपनि थप विवरण भने आएको छैन। वेपत्ताको खोजी कार्य तथा विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस