सुदूर नेपाललाई विश्वसँग जोड्दै

झनै घट्यो सुनको मूल्य

२०७९ भदौ ३१, ११:३२ खबर संवाददाता

काठमाडौं: साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) पहेँलो धातु ९सुन०को मूल्य घटेको छ। शुक्रबार चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ। यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ।  शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। 

यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९४ हजार १०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।  शुक्रबार तोलामा ३५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला १ हजार १४५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार १८० रुपैयाँमा किनबेच भएको थियो। 

कमेन्ट लोड गर्नुस