सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सर्पले टोक्दा किशोरको मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ भदौ ३१, ११:०० खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा सर्पले टोक्दा एक किशोरको मृत्यु भएको छ। परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जीतेन्द्र ओखेडाको सर्पको टोकाइबाट मृत्यु भएको हो। 

बिहीबार राति सुतेको अवस्थामा ओखेडालाई सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि जीतेन्द्र आफैँले सर्प मारेर फेरि बिस्तरामा सुतेका थिए। तर, एक्कासी विषले असर गरेपछि उनलाई बैद्यकहाँ लगिएको थियो। 

त्यहाँबाट अस्पताल लगिएको उनलाई बचाउन नसकिएको जोगबुढा अस्पतालले जनाएको छ। ओखेडा स्थानीय शैलेश्वरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत थिए। 

कमेन्ट लोड गर्नुस