सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–५ मा विशेषज्ञ वडा क्लिनिकबाट १५४ जनाले लिए सेवा

२०७९ भदौ ३०, ०९:१८ खबर संवाददाता

धनगढीः उपमहानगरपालिकाले सञ्चालन गरिरहेको विशेषज्ञ वडा क्लिनक अन्तरगत वडा नम्बर ५ मा १५४ जनाले उपचार सेवा लिएका छन्। बिहीबार सञ्चालन भएको वडा क्लिनकमा जनरल फिजिसियनबाट ७९ जनाले उपचार सेवा लिएका छन्। यस्तै स्त्री तथा प्रसुति रोग विशेषज्ञको सेवा २८ जनाले सेवा लिएका हुन्। आँखा रोग सम्बन्धि ४७ जनाले सेवा लिएका छन्। 

३० जनाले प्रयोगशाला सुविधा लिएका छन् भने अल्ट्रसाउण्ड सेवा १७ जना र इसिजी सेवा १६ जनाले लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। वडा क्लिनिकमा ८ जना ७० वर्षमाथिका जेष्ठ नागरिकले उपचार सेवा लिएका छन्। यस्तै गर्भवती महिला सेवाग्राहीको संख्या १२ जना रहेको उपमहानगरले जनाएको छ। 

धनगढी उपमहानगरपालिकाले साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको हो। जसअन्तर्गत विरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ।

कमेन्ट लोड गर्नुस