सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

२०७९ भदौ ३०, १२:४३

एजेन्सी: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुर्घटनामा परेका छन्। उनी चढेको कार दुर्घटना भएको हो।

युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किँदै गरेका जेलेन्स्की चढेको कार विपरीत दिशाबाट गइरहेको गाडीसँग ठोक्किएको हो। जेलेन्स्कीलाई गम्भीर चोट भने नलागेको बीबीसीले जनाएको छ।

जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमा दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताए। दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको युक्रेनी अधिकारीहरुले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस