डोटीमा सामुदायिक वन भएर सडक निर्माण हुने भएपछि विरोध
डोटीमा सामुदायिक वन भएर सडक निर्माण हुने भएपछि विरोध भएको छ। प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्तरगत ३० लाखको लागतमा सडेखान–मुलेचौर सडक सामुदायिक वन हुदै निर्माण हुने भएपछि मान्य नहुने भन्दै विरोध भएको छ। बड्डीकेदार गाउँपालिका वडा नम्बर २ को सडेखान देखी जदीमुलेचौर जोड्ने सडक जनप्रिय सामुदायिक वनको बिचबाट लिने तयारी भएका भन्दै बिरोध भएको हो। स्थानीयले विरोधका विच पनि सामुदायिक वनबाटै सडक सर्भे भएको सामुदायिक वनका अध्यक्ष रोजबहादुर थापाले बताए। सामुदायिक वनको बिचबाट सडक निर्माण गर्न समितिले काम सुरु गरेपछि बिरोध भएको उनले बताए। उपभोक्ता समिति गठन भएपछि पुनःविवाद चुलिएको हो। सडेखान जिरो प्वाइन्ट रहेको सडक ४ दशमलव ५ किलोमिटर निर्माण गर्ने योजना छ। खडेखान–बट्टुमारे–बसेल–घाङगल–मुलेचौर सडक निर्माणको उपभोक्ता समितिले जंगल फडानी गर्न बिच जंगलबाट सडक सर्भे गराएको आरोप स्थानीयकोे छ।
सडेखान र बट्टुमारे बिचमा जनप्रिय सामुदायिक वन क्षेत्र पर्छ। तर उपभोक्ता समितिका अध्यक्ष बिरबहादुर नामजाली मगरले वातावरण प्रभाव मुल्याङकन गर्न दिएको बताए। बिचमा बट्टुमारे दलित बस्तीलाई सडक सुविधा दिन जंगलको बाटो उपयुक्त रहेको बताए। सहमतीको प्रयास भइरहेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मगरले बताए। स्थानीयले भने पुराना बाटोबाट सडक निर्माण गर्न उपभोक्ता समितिलाई आग्रह गरेका छन्।