कञ्चनपुरमा २ जना मृत फेला
धनगढी: कञ्चनपुरमा २ जना मृत अवस्थामा फेला परेका छन्।
भीमदत्त नगरपालिका–१३ बिरचौराह बस्ने ६५ वर्षीय धर्मानन्द जोशीको शव आफ्नै घरपछाडी पानीको नहरमा फेला परेको छ। बुधबार बिहान डुबेर उनको मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यस्तै बेलौरी नगरपालिका–३ खिरियाकी ६० वर्षीया धनुमाया देवीसिंह पनि घर नजिक पानीको नालामा बुधबार मृत अवस्थामा फेला परेकी छन्। मंगलबार साँझदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त नालामा शव फेला परेको हो। उनको पनि डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुवै घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।