डेंगुका बिरामीले टेकु अस्पताल भरियो
२०७९ भदौ २९, ०५:५४
काठमाडौंः डेंगुका बिरामीले टेकु अस्पताल भरिएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका बिरामी बढी भएका कारण बेड पाउन समेत समस्या भएको हो।
अस्पतालको पिँढी, आँगन सबैतिर बिरामीले भरिएका छन्। बेड त परै जाओस् बेञ्च र टुल पाउन पनि मुश्किल छ।
कमेन्ट लोड गर्नुस