सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालका चर्चित साईकल यात्रीद्वारा धनगढी सिटी टुर

२०७५ फाल्गुन २३, ०६:४८ खबर संवाददाता

पर्यटन प्रवद्र्धनका लागि हुने सुदूरपश्चिम साईकल यात्राका लागि धनगढी पुगेका नेपालका साईलक यात्रीहरुले आज धनगढीमा साईकल यात्रा गरेका छन्। कैलालीदेखि कञ्चनपुरसम्म हुने साईकल यात्राका लागि आएका यात्रीहरुले आज धनगढी सिटी टुर गरेका हुन्। धनगढीको पुरानो भन्सार रोडबाट सुरु भएको साईकल यात्रा जाखौरताल, नैनादेवी, एयरकाफ्ट म्युजियम लगायत क्षेत्रमा पुगाईएको हो। भोली बिहान ७ बजे देखि धनगढी देखि महेन्द्रनगर सम्म यात्रा हुनेछ।  साईकल यात्रामा देशभरका ४० जना साईकल यात्रीहरुको सहभागीता रहनेछ।

नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षा सहित गरिन लागेको साईकल यात्राका लागि साढे तीन लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस