कञ्चनपुरकी एक वृद्ध महिला बेपत्ता
२०७९ भदौ २८, ०४:१७
धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर-६ ङ गाउँकी ८२ वर्षीया वृद्धा धनादेवी कुँवर बेपत्ता भएकी छन्। सोमबार मध्यराति घरबाटै उनी बेपत्ता भएको वृद्धाका छोरा पदमबहादुर कुँवरले बताए।
'आमाले जे कुरा पनि विर्सिने समस्या थियो,' उनले भने, 'राति कुन समयमा घरबाट निक्लिनुभएछ त्यो थाहा भएन।' उनले बेपत्ता आमाको खोजी गरिदिन इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी प्रहरी पोष्ट आईबीआरडीमा निवेदन दिएको बताए।
कमेन्ट लोड गर्नुस