सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक होटलमा आगो लाग्दा ८ जनाको मृत्यु

२०७९ भदौ २८, १०:२४ खबर संवाददाता

काठमाडौँ: भारतको हैदरावादको एक होटलमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ। सोमवार राति १० बजे आगो लाग्दा उक्त घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ।

आगलागीको खबर आउनसाथ दमकल पुगे पनि धुवाका कारण ८ जनाको ज्यान गएको बताइएको छ। प्रहरीका अनुसार होटलको ग्राउन्ड फ्लोरमा इलेक्ट्रोनिक स्कुटर रिचार्ज युनिट थियो। यहीबाट आगो फैलिएको हुनसक्ने प्रहरीको भनाई छ। घटनाको समयमा उक्त होटलमा २५ जना मानिस थिए।
 

कमेन्ट लोड गर्नुस