सुदूर नेपाललाई विश्वसँग जोड्दै

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

२०७९ भदौ २७, ०८:१६ खबर संवाददाता

काठमाडौँ: पपुवा न्युगिनीमा ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। भूकम्पका कारण थुप्रै भवन भत्किनुका साथै कतिपय स्थानमा जमिन पनि भासिएका छन्।

आइतबार बिहान कइनान्तु सहरबाट ६७ किमी पूर्वतर्फ ग्रामिण क्षेत्रमा ६१ किमीको गहिराइमा भूकम्प गएको हो। स्थानीय जनप्रतिनिधिहरूका अनुसार भूकम्प प्रभावित दुर्गम पहाडी गाउँमा दुई जनाको मृत्यु भएको छ। साथै केही मानिसहरू घाइते भएको बताइएको छ। भूकम्प प्रभावित ग्रामिण क्षेत्रमा थुप्रै घर भत्किएका छन् भने कतिपय स्थानमा जमिन भासिएर पहिरो गएको छ।

कमेन्ट लोड गर्नुस