सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा लडेर एक किशोरको मृत्यु 

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ २६, ०३:१८ खबर संवाददाता

धनगढीः डडेल्धुरामा लडेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय प्रकाश थापाको धिमाडा बजकोट भन्ने ठाउँमा मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा डिएसपी मनोहरप्रसाद भट्टले किशोरको मृत्यु भएको पुष्टि गर्दै शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको जानकारी दिए। 

ती किशोर कुनै ठाउँमा लडेर घाइते अवस्थामा घर पुगेको र मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टले बताए। यता, पारिवारिक स्रोतका अनुसार किशोरको काठ बोकिरहेको अवस्थामा लडेर घाइते भएपछि मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस