सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा भट्टको अग्रता 

२०७९ भदौ २६, ०७:३३ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरा उद्योग वाणिज्य संघ नयाँ कार्यकारणी समिति चयनका लागि भइरहेको मत मतगणनामा द्धिजराज भट्ट अगाडि छन्। ६ सय मतगणना हुँदा उनले ३१३ मत पाएका छन् भने अध्यक्षमा पदका अर्का उम्मेदवार भोजराज भट्टले २७३ मत पाएका छन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक महताले ३३७  र लालमणी पन्तले २२३, वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थीले ३४५ र महादेव भट्टले १९८, महासचिवमा दिनेशप्रसाद पनेरुले १९२ र विष्णुराज जोशीले ३७५, सचिव महिलामा मिना फुलाराले ३६७ र लक्ष्मी ऐरले १८४ मत पाएका छन्। सदस्य सात पदमा ९ जनाको उम्मेदवारी रहेको छ।

संघमा एक हजार २९४ सदस्य रहेकोमा एक हजार ८८ मत खसेको थियो।

 
 

कमेन्ट लोड गर्नुस