डडेल्धुरामा देउवाविरुद्ध राप्रपाबाट खडायत लड्ने, प्रदेशमा को-को ?
धनगढीः राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ। शुक्रबार राप्रपाले उम्मेदवार छनोट गरेर सिफारिस गरेको हो। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ गोविन्द खडायतको नाम सर्वसम्मत सिफारिस गरिएको छ। यस्तै समानुपातिकका लागि लक्ष्मण ऐर, भागरथी चन्द र गोविन्द खडायतको नाम सिफारिस गरिएको छ।
त्यस्तै प्रदेशसभा ‘क’ मा भने प्रत्यक्षतर्फ प्रेमबहादुर चन्द सर्वसम्मत सिफारिस भएका छन्। समानुपातिमा पदमराज जोशी, दीर्घराज जोशी र टीका गाहामगरको नाम सिफारिस भएको छ। प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ खेमराज पनेरुको नाम सिफारिस भएको छ।
समानुपातिकका लागि गीतादेवी नगरकोटी, प्रविन जैरू, यज्ञबहादुर भण्डारी, पार्वती जैरू र राजेन्द्र भण्डारीको नाम सिफारिस भएको छ। डडेल्धुरा हालका प्रधानमन्मन्त्री शेरबहादुर देउवको गृहजिल्ला समेत हो। उनी यहीँबाट संसदीय चुनाव लड्ने तयारीमा छन्।