देउवाको ताकत प्रयोग गरेर सुदूरपश्चिमको भविष्य उज्वल बनाउन आवश्यक छः मन्त्री बोहरा
धनगढीः सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले डडेल्धुराको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई बलियो बनाउन आवश्यक रहेको बताएका छन्। बीपी जयन्तीको अवसरमा नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति ‘ख’ले जिल्ला सदरमुकाममा आयोजना गरेको जनताको साथमा काँग्रेस अभियानको समापन कार्यक्रममा बोल्दै मन्त्री बोहराले यस्तो बताएका हुन्।
उनले डडेल्धुरा र सुदूरपश्चिमको विकासका लागि देउवालाई अझै बलियो बनाएर पठाउन आवश्यक रहेको दाबी गरे। ‘उहाँ (देउवा) लाई अझै बलियो बनाएर पठाउ,’ मन्त्री बोहराले भने, ‘उहाँको ताकत प्रयोग गरेर हाम्रो भविष्य उज्वल बनाउन आवश्यक छ।’
यस्तै उनले नेपाली काँग्रेसले मात्रै डडेल्धुराको विकास गरेको जनाएका छन्।