बेलायतको गृहमन्त्रीमा भारतीय मूलकी ब्रेवरम्यान नियुक्त
एजेन्सी: बेलायतकी नयाँ प्रधानमन्त्री लिज ट्रसले क्याबिनेटका सदस्यहरू नियुक्त गरेकी छिन्। यसमा भारतीय मूलकी सुएला ब्रेवरम्यानलाई सामेल गरिएको छ। उनले गृहमन्त्रीको पद सम्हाल्नेछिन्।
यसअघि बोरिस जोनसनको सरकारमा पनि भारतीय मूलकी प्रीति पटेलले गृह मन्त्रालय सम्हालेकी थिइन्। ट्रसले आफ्नो नजिकको साथी क्वाजी क्वारटेंगलाई अर्थमन्त्री बनाएकी छन्। यसअघि उनले वाणिज्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
त्यस्तै ट्रसले उनको लामो समयको सहयोगी रहेका थेरेस कोफेलाई देशको स्वास्थ्य मन्त्री नियुक्त गरेकी छन्। उनले उपप्रधानमन्त्रीको पद पनि सम्हाल्ने छिन्। विदेश मन्त्रालयको जिम्मेवारी जेम्स क्लेवर्लीलाई दिइएको छ।