सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

२०७९ भदौ २३, ०५:२० खबर संवाददाता

बैतडी: बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी  गाउँपालिका–५ नगराउँकी ५२ वर्षीया गौरा जोशीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। 

बिहीबार बिहान घर नजिकैको धरापानी वनमा घाँस काट्न गएका बेला जोशीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष यज्ञराज भट्टले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस