सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको बुङ्गल अछामको पञ्चदेवल विनायकले अझै पेस गरेनन् बजेट

२०७९ भदौ २२, ०४:१६ खबर संवाददाता

धनगढीः बझाङको बुङ्गल नगरपालिकाले चालु आर्थिक वर्ष २०७९ /०८० को बजेट पेस गरेको छैन। नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै बजेट पेस नगरिएको हो। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा अटेरी गरी बजेट पेस नगर्ने स्थानीय तह  २ वटा  रहेका छन्। नियमअनुसार स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेस गरिसक्नु पर्ने व्यवस्था रहेको छ। तर सुदूरपश्चिमका  दुई स्थानीय तहले भने  बजेट पेस नगरेका हुन्।

आगामी आर्थिक वर्षका लागि बुङ्गल नगरपालिकाले  गत जेठमा नगरसभामा  नीति तथा कार्यक्रम पेस गरिएको थियो। तर त्यसपछि बजेट भने ल्याएको छैन। यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिकाले पनि हालसम्म बजेट पेस गरेको छैन।

यता बुङ्गल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले  बजेट पेस गरिसकेको  बताए। उप-प्रमुख धनबहादुर बोहराले भने आफूले पटकपटक बजेट पेस गर्न भने पनि नेटले काम नगर्दा  पेस गर्न नसकेको कर्मचारीबाट जवाफ आउने गरेको बताएका छन्। २ हप्तादेखि आमा बिरामी भएर धनगढी अस्पतालमा रहेकाले यस विषयमा आफूलाई थप जानकारी नभएको उनले बताए।

कमेन्ट लोड गर्नुस