सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्घाटन गर्दागर्दै पुल भत्किएपछि...

२०७९ भदौ २२, ०१:२३ खबर संवाददाता

एजेन्सीः गणतन्त्र कंगोमा एउटा पुल उद्घाटन गर्न प्रमुख अतिथिसहित अधिकारीहरू भेला हुँदा भत्किएको छ। एउटा भिडियोमा अधिकारीहरु कार्यक्रमको क्रममा पुलको औपचारिक उद्घाटन  गर्न उभिएका देखिन्छन्। पुलको एक छेउमा रातो रिबन काटेर उद्घाटन गर्न लागिएको थियो। महिलाले रिबन काट्न कैंची निकाल्ने बित्तिकै पुल भत्किन थालेको थियो।

भिडियोमा महिला अधिकारी सहयोग माग्दै सुरक्षित ढंगले उफ्रिन खोजेको देखिन्छिन्। तत्कालै सुरक्षा अधिकारीले ढल्न लागेको पुलबाट उनलाई उद्धार गरेका थिए। दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  पुल भत्किएपछि मानिसहरूले निर्माणको गुणस्तरको खिल्ली उडाएका छन्। आइहररेका अनुसार उक्त घटना गत साता भएको हो। पुल भत्किएर दुई भागमा छुट्टिएको छ।

स्थानीय खामा प्रेसका अनुसार वर्षायाममा स्थानीयलाई खोला तर्नका लागि यो सानो पुल निर्माण गरिएको हो। पुल निर्माण हुनुअघि त्यहाँ रहेको अस्थायी संरचना पनि बारम्बार भाँचिने गरेको स्थानीयले बताएका छन्।

कमेन्ट लोड गर्नुस