सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको दोधारामा शान्ति पुनर्स्थापना गृहले मनायो मानव बेचविखनविरूद्वको राष्ट्रिय दिवस 

२०७९ भदौ २१, १०:५५ खबर संवाददाता

धनगढी: शान्ति पुनर्स्थापना गृह कञ्चनपुरको दोधारा चाँदनी सम्पर्क कार्यालयले सोमबार मानव बेचविखनविरूद्वको राष्ट्रिय दिवस मनाएको छ। तीनवटै तहको सरकार मानब बेचबिखन बिरुद्धको सरोकार भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो।

दोधारा चाँदनी नगरपालिका–३ स्थित गणेश आधारभूत विद्यालयमा मनाइएको कार्यक्रममा मानव बेचविखनविरूद्व नाटक प्रदर्शनी, प्रोजेक्टराद्वारा जनचेतनामूलक अडियो भिडियो प्रस्तुत गरिएको थियो। नगरपालिकाको वडा नम्बर १ सीमा क्षेत्रमा रहेको सूचना तथा परामर्श केन्द्रमा दीप प्रज्वलन पनि गरिएको संस्थाकी परामर्शदाता रेखा भण्डारी पुजाराले बताइन्।

कमेन्ट लोड गर्नुस