सुनको मूल्य बढ्यो
२०७९ भदौ २१, ०५:१२
काठमाडौं: मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३ सय रुपैयाँले बढेर सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ।
तेजावी सुनको मूल्य ९३ हजार ५ सय पुगेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट लोड गर्नुस