नगर प्रमुख हमालले सार्वजनिक गरे धनगढी मुख्य सडकको ‘थ्रिडी भिडिओ’
धनगढी: कैलालीस्थित धनगढीको मुख्य सडकको ‘थ्रिडी भिडिओ’ सार्वजनिक गरिएको छ। नगर प्रमुख गोपाल हमालले सडकको प्रस्तावित डिजाइनसहितको भिडिओ सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। उपमहानगरले उक्त सडकको विस्तृत आयोजना प्रतिवेदन तयार पारिरहेको उनले जानकारी दिएका छन्।
उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस रोडसम्म मुख्य सडक ३० मिटर चौडा बनाउने योजना अगाडि सारेको छ। सडकको मध्य बिन्दुबाट दायाँ–बायाँ १५ मिटर सडक चौडा बनाउने उपमहानगरको योजना छ। स्थानीय घर धनीलाई असोज मसान्तसम्म भौतिक संरचना खाली गर्न उपमहानगरले सूचना जारी गरेको छ।