सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘धनगढी बजारका ३ घर आफैं भत्काउँछु, उपमहानगरले डोजर लगाए स्याबासी दिन्छु’

२०७९ भदौ २०, ०३:५८ खबर संवाददाता

धनगढी: कैलालीस्थित धनगढीको पुष्पलाल चोक घर भएका कुमारीदेवी सुवेदीले मुख्य सडक ३० मिटर चौडा बनाउने उपमहानगरको योजना स्वागतयोग्य भएको बताएकी छिन्। सोही योजना अनुसार उनले सबैभन्दा पहिले आफ्नो घर भत्काउने घोषणा गरेकी छिन्।

उपमहानगर र नगरप्रमुख गोपाल हमालको सडक चौडा बनाउने योजना सुनेर निकै खुसी भएको बताउँदै सुवेदीले बजारमा रहेका आफ्ना तीन वटा घर आफैं भत्काउने बताएकी छिन्।  ‘धनगढीको पुरानो बसपार्क, दुर्गा मन्दिर चोक र पुष्पलाल चोकमा तीन वटा घर छन्,’ उनले भनिन्, ‘डेढ कट्ठा, ३ कट्ठा र ५ कट्ठाका तीन घडेरी मुख्य सडकमै छन्, रोडका लागि जति जग्गा चाहिन्छ त्यो छोड्न म तयार छु।’

सुवेदीले धनगढी उपमहानगरले आफ्नो घरमा डोजर लगाए स्याबासी दिने बताएकी छिन्। धनगढीको बजार र सडक व्यवस्थित बनाउन सडक चौडा हुनुपर्ने भन्दै उपमहानगरको यो योजनामा सबैले साथ दिनुपर्ने सुवेदीको भनाई छ। 

कमेन्ट लोड गर्नुस