कञ्चनपुर क्षेत्र नम्बर १ मा कांग्रेसले गठबन्धन नगर्ने
कञ्चनपुरः कञ्चनपुरमा कांग्रेसले गठबन्धन नगर्ने भएको छ। कांग्रेसले कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा भने गठबन्धन स्वीकार नगर्ने निर्णय गरिएको हो।
सङ्गठनात्मक हिसाबले बलियो रहेको निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस एक्लै निर्वाचन जित्न सक्षम रहेकाले गठबन्धन अस्वीकार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस कञ्चनपुरले जनाएको छ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा क्षेत्रका ४ मध्य २ पालिका नेपाली कांग्रेसले जितेको थियो। कांग्रेसको एक्लै निर्वाचन जित्ने हैसियत रहेकाले गठबन्धन नगर्ने निर्णयमा पुगेको जनाइएको छ।